“लकडाउनका बेला घरका लागि तरकारी र खाद्यवस्तु लिन निस्किएका एक व्यक्तिले फर्किंदा विवाह गरेर दुलही लिएर आएका छन् । उत्तर प्रदेशको एक गाउँमा लकडाउनमा बेलामा तरकारि किन्न निस्किएका छोराले कसैकाई खबर नगरी विवाह गरेर अचानक दुलही घर ल्याएपछि उनका आमासहित घरका सबै परिवार छक्क परेका हुन् । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । परिवारले दुवैलाई पुलिस स्टेशनमा लगेपछि उक्त व्यक्तिले तीन महिनाअघि हरिद्वारमा आफ्नी प्रेमिकासँग विवाह गरेको दाबी गरे ।”

 

“लकडाउनका कारण उनीहरूलाई फेरि विवाह गर्ने अनुमति पाउन असम्भव बनाएको हुँदा दुवैले मन्दिरमा पुगेर फेरि विवाह गरेका हुन् । विवाह भएको कुनै प्रमाण नभाएको र विवाह गरिदिने पुजारीले पनि लकडाउन हटाएपछि मात्र विवाहको प्रमाणपत्र जारी गर्न सक्ने बताएका रहेछन् । युवककी आमा नमाने यी दुईले भाडाको कोठामा बस्ने निर्णय गरे ।” “साहिबाबाद प्रहरी चौकी इन्चार्ज इन्स्पेक्टर अनिल शाहीले परिवारका सदस्यहरूलाई दुवै विवाहित व्यक्ति वयस्क रहेको र आफ्नो मन पर्ने केटीसँग विवाह गर्न सक्ने बताउँदै परिवारको आन्तरिक मामिला रहेको स्पष्ट पारेका छन् ।”