काठमाडौं – किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘छक्कै परें…’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ । गायक बिष्णु भट्टकै संगीत रहेको गीत भिडियोमा उपलव्ध छ । कार्टुन टुक्रा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ ।

 

गीत लेखेर १५ विश्व रेकर्ड बनाएका उपाध्यायको गीतको भिडियो निर्देशन माईकल चन्दले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ । भिडियो डिआर म्युजिक एन्ड क्रियसनले बाहिर ल्याएको हो ।

भिडियो हेर्नुहोस !