“लकडाउन खुकुलो भएपनि कोभिड-१९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको प्रहरी निरीक्षक प्रदिप लामाले बताए ।”

 

 

“कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ । सदरमुकामलगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, सुआहारा र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान परिचालन गरेको हो । यसअघि भोजपुरमा गत वैशाख ११ गते हतुवागढी गाउँपालिका १ र गत जेठ २२ गते षडानन्द नगरपालिकाका ५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।” अन्नपूर्ण पोस्ट ।