राशिफलले के भन्छ कस्तो छ त तपाईंको आजको दिन ।

राशिफलले के भन्छ कस्तो छ त तपाईंको आजको दिन ।

इ-परेवा

@Eparewa

२०७७ चैत २५ गते बुधबार १२:५५

राशिफल धार्मिक नियममा आधारित भबिस्यबाणी हो । आउनुहोस भगवान श्री हरिनारायणको दर्शन गर्दै जानौ आजको भाग्यफल ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैशा खर्च हुने योगछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार १२:५५
प्रतिक्रिया दिनुहोस