कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०१:३२

वनबिनाश , आगालागी, तथा बढ्दो चोरी शिकारीको कारण रेडपाण्डा संकटमा परेको छ ।

कालिकोट जिल्लाको शुभकालिका गाँउपालिकाको माथिल्लो क्षेत्रमा रेडपाण्डा भेटिएको स्थानीयले बताएका छन । बिश्वमै दुर्लभ र संकटापन्न मानिने रेडपाण्डा भेटिनु खुसिको कुरा हो । वनबिनाश, आगालागी, तथा बढ्दो चोरी शिकारीको कारण रेडपाण्डा लोप हुने खतरामा छ । हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो को नामले पनि चिनिन्छ किनकि शारीरिकरूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ परेको छ । उच्च हिमाली क्षेत्रमा पाइने यो निकैनै अनुशाशित प्राणीको रुपमा चिनिन्छ । बाँस ,निगालोको टुसा यिनिहरुको प्रमुख आहारा हुन , तीब्रगतिमा वन बिनश हुँदै जाँदा यिनिहरु आहारा बिहिन भैइ आहाराको खोजीमा यत्रतत्र भौतारिन थालेको देखिन्छ । अहिलेसम्म यस क्षेत्रमा रेडपाण्डा देखिएको थिएन अहिले देखियो । जलबायु परिवर्तन , बढ्दो तापमान , प्रदुषण लगायतका कारण बाताबरणमा परेको प्रभावले रेडपाण्डा निकै चपेटामा परेको छ । चोरिनिकाशी लाई प्रतिबन्ध लगाईए पनि दिनहु रेडपाण्डाको छाला सहित तस्करहरु पक्राउ परेका घटना सार्वजनिक हुनुले यसको संरक्षणमा सरकार लगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०१:३२
प्रतिक्रिया दिनुहोस