मनकामना बाट आयो यस्तो सन्देश

मनकामना बाट आयो यस्तो सन्देश

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०२:४५

यहीँ मिति २०७७ चैत्र २५ देखि ३० गतेसम्म मनकामना केवलकार बन्द हुने सूचना मार्फत जानकारी दिएको छ ।

नेपालकै पहिलो केवलकार मनकामना केवलकार नियमित मर्मत संम्भारको लागि ५ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि ले एक सूचना जारी गर्दै यसबाट सम्पूर्ण दर्शनार्थिमा पर्न गएको असुबिधा प्रती क्षमा मागेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दु मनकामनाको दर्शन गर्न दैनिक हजारौंको भिड लाग्ने गर्दछ । नेपालका पुर्ब ,पश्चिम तथा भारतदेखि सम्म आफ्नो आस्था र बिश्वास लिएर भक्तजनहरु मनकामना दर्शन गर्न आउने गरेका छन । मनकामनाको दर्शन गरे मनको इच्छा सहजै पुग्ने जनबिश्वास समेत रहेको छ ।भुकम्प ले क्षति पुर्याए पछि पुरानै शैलीमा निर्माण गरिएको सो मन्दिर गोरखा जिल्लामा पर्दछ । नेपालको धार्मिक क्षेत्र मद्य्ये एक महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा मनकामनाको छुट्टै पहिचान रहेको छ । केवलकारमा केही समस्या देखिए पछी अस्ट्रियाबाट सामान र प्राबिधिक झिकाई मर्मत गर्नुपर्ने भएकोले ५ दिनलाई सो सेवा बन्द गर्नुपरेको मनकामना दर्शन प्राली ले जनाएको छ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०२:४५
प्रतिक्रिया दिनुहोस