बादललाई पार्टी सदस्यबाट नहटाउनुमा के छ रहस्य ?

बादललाई पार्टी सदस्यबाट नहटाउनुमा के छ रहस्य ?

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०३:२३

माओवादीले अरु ४ प्रभावशाली नेतालाई पार्टी सदस्यबाट हटाउदै गर्दा किन हटेनन् कमरेड बादल । के छ यसको भित्री रहस्य ? अब बादलले के गर्लान् ?

नेकपा माओवादी केन्द्रले आफ्नो ४ जना प्रभावशाली नेतालाई पार्टीको बिधान बिपरित कार्य गरेको , एमालेको केन्द्रिय सदस्यता लिएको भन्दै आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइएको जानकारी गराएको छ । हटाईएका चार जनामा बर्तमान सरकारका बहालवाला मन्त्रीहरु हुन । हटाईनेमा टोपबहादुर रायमाझी , लेखराज भट्ट , प्रभु शाह लगाएतका नेता रहेका छन । माओवादीले संसद सचीवालयमा उनीहरुलाई कारबाही गरि हटाइएको जानकारी गराएको छ । साथै माओवादीले उनीहरु पार्टी निष्काशीत भए पश्चात खाली रहने निर्वाचन क्षेत्रमा तत्काल नयाँ निर्वाचनको माग गर्ने भएको छ । लामो संघर्ष गरेर पटकपटक सरकारको नेतृत्व गरिसकेको माओवादी विभिन्न कारणले असफल हुँदै गएको देखिन्छ । पहिलो निर्वाचनमा उल्लेखनीय मत प्राप्त गरि पहिलो पार्टीको दर्ज भिरेको माओवादी बिस्तारै पछि पर्यो । सत्ता स्वार्थ र ब्याक्तिगत स्वार्थ , पार्टीको एजेन्डा नमिल्दा तथा द्वन्द्वका सहयात्रीहरुलाई सम्हालेर लान नेतृत्व चुक्दा माओवादी नराम्रो हार तर्फ ओरालो झर्यो । पार्टीको प्रभाव शाली नेता बाबुराम भट्टराई , मोहन बैध किरण , नेत्र बिक्रम चन्दले त छुट्टाछुट्टै पार्टीको नेतृत्व गरिराखेका छन । प्रचण्डले आफ्नो रणनीति फेल खाए पछि पार्टीको अस्तित्व जोगाउन कै लागि कहिले कांग्रेस त कहिले एमाले संग चुनावी सहकार्य गरे । यो उनको राम्रो कुटनिती हुनसक्छ । एमाले संग पार्टी एकता गरेपछि आन्तरिक विवादले चर्को रुप लिएपछि ओलि सरकारले प्रतिनिधि सभा नै भंग गर्दियो । तत्पश्चात माओवादी पुन फुटको संघारमा आईपुग्यो । द्वन्द्व कालको महत्त्वपूर्ण सहयात्रीहरु यसैगरी गुमाउदै जाने हो भने प्रचण्ड एक्लिने निश्चित छ । तथापि हाल एमाले सरकारमा रहेको माओवादी समर्थन फिर्ता नलिनु , मन्त्री बनेकाहरु मध्ये पनि गृहमन्त्री थापालाई तत्काल कारबाहीका लागि सिफारिस नगर्नुमा राजनीतिका चतुर खेलाडी प्रचण्डको अर्को रहस्यमय रणनीति त छैन भन्ने शंका जनमानसमा सिर्जना भएको छ ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०३:२३
प्रतिक्रिया दिनुहोस