सुनको भाउ फेरि उकालो चढ्दै ।

सुनको भाउ फेरि उकालो चढ्दै ।

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०६:४८

सुन बहुमुल्य धातु हो । नेपाल र नेपाली धर्म संस्कृति तथा रितिरिवाज अनुसार यसको महत्त्व बिशिस्ट किसिमको रहेको पाईन्छ । तर पछिल्लो समय देखावटीपन , धनाढ्यहरुको पहिचानको रुपमा यसले बजार पाएको छ ।

सुन बहुमुल्य धातु हो । नेपाल र नेपाली धर्म संस्कृति तथा रितिरिवाज अनुसार यसको महत्त्व बिशिस्ट किसिमको रहेको पाईन्छ । तर पछिल्लो समय देखावटीपन , धनाढ्यहरुको पहिचानको रुपमा यसले बजार पाएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०६:४८
प्रतिक्रिया दिनुहोस