हातका औंलाको रहस्य जान्नुहोस यसको फाईदा

हातका औंलाको रहस्य जान्नुहोस यसको फाईदा

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार १२:४६

बिज्ञान र प्राविधिलाई जीवन सरल बनाउने माध्यम बनाउने हो तर हाम्रो परम्परा र नियम र अनुशासन भने छोड्नु हुदैन । हातको औंला बारे जान्नुहोस रहस्यमय ज्ञान ।

हाम्रो हातको औंलाहरुले सामान्य कार्यहरु बाहेक अरु महत्त्वपूर्ण अतिरिक्त कार्यहरु पनि गरिरहेका हुन्छ्न् । यिनीहरूको मसाज गरेर केही शारीरिक समस्यालाई कम गर्न सकिन्छ।
१ ) बुढी औंला ( The Thumb )
यो बुढी औंला हाम्रो मुटु र फोक्सोसँग जोडिएको हुन्छ । यदि तपाईको मुटुको धड्कन तीब्र गतिले धड्किएको छ भने बुढी औंलालाई हल्का मसाज गरेर तन्कायो भने तपाईंलाई आराम मिल्छ ।
२ ) चोर औंला ( Index Finger )
यो औंला हाम्रो पाचन प्रक्रियासँग जोडिएको हुन्छ । यदि पेट दुखेको छ भने आरामसँग यसलाई मसाज गर्नुहोस् दुखाइ कम हुन्छ ।
३ ) माझी औंला ( Middle Finger )
यो औंला हाम्रो रक्त संचारर्सँग जोडिएको हुन्छ । यदि तपाईलाई रिंगटा लाग्यो अथवा शरीर काम्यो भने यो औंलालाई मसाज गर्नुहोस्, राहत मिल्नेछ ।
४ ) साईली औंला ( Ring Finger )
यो औंला हाम्रो दिमाग या सोचाइसँग जोडिएको हुन्छ । यदि तपाईलाई निरास महसुस हुन्छ , शान्ति चाहनुहुन्छ भने यसलाई मसाज र तन्काउने गर्नुहोस् तपाईको मुड फ्रेस हुन्छ ।
५ ) कान्छी औंला ( Little Finger )
यो औंला हाम्रो मृगौला र टाउकोसँग सम्बन्ध जोडिएको हुन्छ । यदि तपाईंलाई टाउको दुखेको छ भने यसलाई हल्का दबाएर मसाज गर्नाले दुखाई कम हुन्छ र मृगौलालाई स्वास्थ राख्न मद्दत गर्छ ।
-अंग्रेजीबाट अनुबाद
( यी औंलाहरु हाम्रो परिवारजस्तै हुन्। जो जसले जे गरेपनि खानेबेलामा भने एक हुन्छ्न् । 😂😂😂) साभार स्रोत फेसबुक

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार १२:४६
प्रतिक्रिया दिनुहोस