रिट्ठेपानी हिल कटान गरिने कतै समर्थन कतै बिरोध

रिट्ठेपानी हिल कटान गरिने कतै समर्थन कतै बिरोध

@eparewa com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०२:५०

पोखरा क्षेत्रीय बिमानस्थल संचालनको लागि सो स्थान कटान गर्नुपर्ने बिज्ञहरुले बताएका छन । केही स्थानीयले भने प्राकृतिक सिद्धान्त बिपरित बिकासको नाममा बिनाश गर्न खोज्नु भाबी पुस्ताको लागि अपराध हुने बताएका छन ।

रास्ट्रीय गौरवको आयोजनाका रुपमा बिकास गर्न लागिएको पोखरा क्षेत्रीय बिमानस्थलको निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीको बिच निर्माणकार्यले तिब्रता पाए पनि निर्धारीत समयावधि भन्दा केही ढिलो गरि बिमानस्थल तयार हुने भएको हो । पर्यटकको राजधानी शहरको रुपमा परिचीत सुन्दर नगरी पोखराको बीच भागमा पर्ने सो बिमानस्थल संचालन पश्चात सबैभन्दा ब्यस्त बिमानस्थलको रूपमा चिनिने पक्का छ । पोखराको प्राकृतिक सौन्दर्यता र रमणीय बाताबरणले लाखौं पर्यटकको रोजाइमा पोखरा पर्ने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटनको बिकासको लागि यो बिमानस्थल कोसेढुङ्गा साबित हुने छ । हाल आएर सोही बिमानस्थल संचालनका लागि रिट्ठेपानी हिल कटान गर्नुपर्ने विषय उठेपछि बिकास निर्माणलाई रोक्न नहुने भन्दै कतै समर्थन त कतै बिकाशको नाममा बिनाश गर्न नपाईने भन्दै आवाज उठ्न थालेको छ । बाताबरणिय प्रभाव मुल्यांकन संयन्त्र फितलो हुदा यस्ता समस्याहरु धेरै जसो बिकास आयोजनाहरुमा दोहोरी रहेको स्पस्ट देखिन्छ । चाहे निजगढ बिमानस्थलको निर्माणका लागि रुख कटान गर्ने बिषय होस चाहे पोखरा बिमानस्थल संचालनका लागि कटान गर्नुपर्ने रिट्ठेपानी हिल होस । आयोजनाले समयमै त्यसले पार्ने बाताबरणिय पक्ष बारे सम्बन्धित सरोकारवालाहरु संग बसेर न्यायिक निश्कर्षमा पुग्नुपर्ने हो तथापि तेस्तो भने हुन सकेको छैन । अरबौको लगानी भैसके पश्चात् बिमानस्थल संचालनका लागि साँच्चै अर्को विकल्प देखिदैन भने रिट्ठेपानी हिल कटान गर्नुनै पर्छ । त्यसमा स्थानीयले बिरोध गर्नु जायज छैन यदि अर्को विकल्प हुदाहुदै पनि रिट्ठेपानी हिल कटान गर्न लागिएको हो भने त्यो जत्ति मुर्खता केही होईन । जे होस छिटोभन्दा छिटो बिमानस्थल संचालनमा आयोस र पोखराले फेरि एकपटक पर्यटकको प्रमुख रोजाइको गन्तव्य स्थान बन्ने सौभाग्य प्राप्त गरोस ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०२:५०
प्रतिक्रिया दिनुहोस