नुवाकोटमा वडा कार्यालय तोडफोड गरि लाखौ धनमाल चोरी भएको छ ।

नुवाकोटमा वडा कार्यालय तोडफोड गरि लाखौ  धनमाल चोरी भएको छ ।

@eparewa.com

@Eparewa

२०७७ चैत २५ गते बुधबार ०४:२७

वडा कार्यालय तोडफोड गरि लाखौ नगद र जिन्सी चोरी । चोरी गर्ने गिरोहको खोजी कार्य जारी रहेको प्रहरीको भनाई ।

नुवाकोट । बाग्मती प्रदेश अन्तर्गत पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालय भवन तोडफोड भएको छ ।

हिजोराती सो वडा कार्यालय भवन तोडफोड गरी नगद ५३ लाख भन्दा धेरै नगद रुपैयाँ र अन्य कार्यालयमा प्रयोगमा आउने सामाग्रीहरु समेत चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले किन र कस्ले यस्तो घटना घटायो भन्ने बारे खोजी तथा अनुसन्धान गरिरहेको बताएको छ । सम्पूर्ण सरकारी कार्यालयको भुक्तानी अनिवार्य रूपमा बैंक मार्फत गर्नुपर्ने कानुनी नियम छ तथापि यति ठुलो परिमाणमा कार्यालयमा नगद राखिनु शंकास्पद देखिन्छ । तत्काल छानबिन गरि घटनाको दोषी उपर कारबाहीको लागि सम्पूर्ण वडाबासिले माग गरेका छन ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०४:२७
प्रतिक्रिया दिनुहोस