म्यानमारमा सैनिक आंतक

म्यानमारमा सैनिक आंतक

@eparewa.con

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०२:५८

निर्वाचित सरकारलाई अपदस्त गरि सत्ता हातमा लिएपछि त्यहाँको सैनिकले हालसम्म ५८० भन्दा धेरै सर्बसाधारण प्रदर्शनकारीको ज्यान लिसकेको छ ।

लामोसमय देखि आन्तरिक द्वन्द्वमा फसेको म्यानमारमा पछिल्लो समय सम्पन्न निर्वाचन संगसंगै शन्तिको पालुवा पलाउने आसा धेरै म्यानमारी जनताको थियो । अपसोच तेस्तो भने हुन सकेन , निर्वाचन प्रक्रिया मार्फत चुनिएर आएका जनप्रतिनिधिहरुलाई त्यहाँको सेनाले नियन्त्रणमा लिई नजरबन्दमा राख्नुका साथै सत्ता समेत आफ्नो हातमा लिएपछी । लाखौं सर्बसाधारण जनताले सैनिक कु को बिरोध गर्दै सडकमा प्रदर्शन गरे । उनीहरुको माग छ निर्बचित सरकार वाट राज्य संचालन होस । तर सेनाले भने सो कुरामा खासै चसो दिएको छैन । एक म्यानमारी नागरिकले भने ” हामी स्वतन्त्रता चाहान्छौ , मुक्ति चाहान्छौ २१ औ शताब्दीमा पनि सैनिक नियन्त्रणमा बाँच्नु सम्पुर्ण म्यानमारी जनताको दुर्भाग्य हो ।” आन्दोलनले निकै चर्को रुप लिए पछि नियन्त्रण गर्न भन्दै सेनाले गोलि हान्दा हालसम्म ५८० जनाको ज्यान गैसकेको र हजारौं घाइते भएको जनाईएको छ । सैनिक कु को बिरोधमा संयुक्त रास्ट्र संघ , युरोपेली युनियन , अमेरिका , चीन , जापान जस्ता ठुला रास्ट्रहरुले म्यानमार प्रती थप प्रतिबन्ध लगाउने घोषणा समेत गरिसकेका छन । आसा छ छिटोभन्दा छिटो त्यहाँको सेना र राजनीतिक पार्टी बिच महत्त्वपूर्ण बार्ता हुने छ र एउटा निष्कर्षमा पुग्ने छ । छिटोभन्दा छिटो आन्दोलन रोकियोस ,जनताको मागको यथाशीघ्र सुनुवाइ होस शान्तिपुर्ण म्यानमार बनोस हाम्रो पनि यहि कामना ।

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०२:५८
प्रतिक्रिया दिनुहोस