कोठिमा बेचिएको प्रेम भाग दुई

कोठिमा बेचिएको प्रेम भाग दुई

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०८:४१

एउटा शक्तिशाली प्रेम कथा । कोठिमा बेचिएको प्रेम

शीर्षक:कोठिमा बेचिएको प्रेम
भाग:२
(कृपया काल्पनिक रुपमा लेखिएको यो कथा कसैको जीवन सङ्ग मेल खाएमा संयोग मात्रै हुनेछ)

डाएरि को पानाहरु यसरी सजाइएको थियो मानौकी भर्खरै एउटा नारी लाई बेहुली को भेष मा अनेकौं शृङ्गार र रङ्ग ले सजाइएको छ। मैले बिस्तारै पाना हरु पल्टाउदै गए पाना हरु बिभिन मुक्तक लेख हरु ले भरिएको थियो मैले खुबै रोचक तरिकाले पढ्दै थिए त्यतिकैमा मेरो अाखा त्यहि रहेको एउटा पेपरमा पुग्यो जो अरु पाना भन्दा धेरै राम्रो सग सजाईएको रहेछ ।

पढौ कि नपढौ हुँदै थियो कसैको अनुमती बिना उसैको डाएरी पढ्नु राम्रो थिएन होला तर नपढी मेरो मन ले सुखै दिएन त्यसैले के रहेछ भनेर त्यो पढने मनमा ईच्छा जागेर अायो पढन थाले जहाँ यस्तो लेखिएको थियो।

माया अन्धो हुन्छ भन्थे मायामा सबै कुरा जायज हुन्छ भन्थे माया मा केही संका त केही बिश्वास हुन्छ भन्थे माया केही पल को खुशी त बिछोड पछिको आँसु हो भन्थे तर मलाई साच्चिकै हो रहेछ जस्तै लाग्न थाल्यो।हुन त पहिला आफू भन्दा बुज्रुक हरुले यस्तो कुरा गर्दा बकवास लाग्थ्यो सोच्थे त्यो एउटा फिलिम हल को नाटक जस्तो मान्थे उनिहरु को कुरा तर साच्चिकै आफ्नो भोगाइ ले यो भन्न थाल्यो कि वास्तव मा प्रेम नै एउटा नाटक रहेछ जुन रङ्गमन्च मा कसैलाई खुशी बनाउन अनेकौं तरिकाले प्रस्तुति दिइन्छ ठिक त्यस्तै सम्बन्ध निभाउन उसलाई खुशी पर्न कहिले कुन रुप त कहिले कुन भेष मा आफुलाइ उ सामु प्रकट गराउन पर्ने त्यही प्रेम कहानी केही तिता वास्तविकता केही प्रेमिल पागलपन त केही भ्रमिक पल लाई काहानि बनाएर अाज यो सुन्दर डायरि को पाना मा सिमित बनाउन थाले।

हुन त त्यो सुन्दर पाना मैले बिटुल्याउने अधिकार होला नहोला तर त्यो पाना बिटुलो पार्नु मेरो खुशी हुन लाग्यो त्यसैले त्यो सुन्दर र आकर्षक पाना अनेकौं मसिले बिटुलो पार्न लागे यति मात्रै होइन कि मैले छुदा नै त्यो सुन्दर पाना मा दाग लागेको जस्तो माने मैले त्यो पाना नै बिटुलो पारिदिए किनकी म पनि यहि समाजमा दुर्गन्धित फैलाउने एउटा किरा सरह थिए अर्थात समाज को दुर्गन्धित पात्र थिए………..
क्रमशः…..,,,,,,,,,
-कहानी के हुन सक्छ?
कथा पढ्नुभयो धन्यवाद आशा छ कमेन्ट अनि सेयर गरेर साथ दिनुहुन्छ।
✍️ लेखक:राधा लामिछाने मगनिचोक पर्सा चितवन

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०८:४१
प्रतिक्रिया दिनुहोस
कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:४२

कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:२०

कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार ०५:५९

गजल

गजल
२०७७ चैत २३ गते सोमबार ०९:५८