कोरोनाले बिश्वभर त्रास ब्राजिलमा एकै दिन ४ हजार भन्दा धेरैको ज्यान लियो ।

कोरोनाले बिश्वभर त्रास ब्राजिलमा एकै दिन ४ हजार भन्दा धेरैको ज्यान लियो ।

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०९:३१

कोरोना भाईरस अहिले बिश्वको लागि चुनौतीको रुपमा देखा परेको छ । लाखौंको ज्यान लिइसकेको यो भाईरस फेरी नयाँ नयाँ संरचनामा देखिन थालेको बैज्ञानिकहरुले बताएका छन ।

सन २०२० पुरै कोरोना आतंकबाट गुज्रियो । लाखौंले यहि भाईरसका कारण अकालमा ज्यान समेत गुमाउनु पर्यो । अमेरीका, भारत ,ब्राजिल , बेलायत ,स्पेन , रुस लगायत शक्तिशाली देश नै यो भाईरसको प्रमुख सिकार बनेका छन । शक्ति रास्ट्रहरुले भाईरसको पहिचान र सो को निवारणका लागि अथक प्रयास गरे पनि प्रभावकारी नतिजा भने आउन सकेको छैन । विभिन्न देसले उत्पदन गरेका खोपहरु बजारमा आए पनि निस्चिन्त भएर खोप लगाई हाल्न समेत धेरैले मानिरहेका छैनन । यसै बिच कोरोनाको दोस्रो र झन डरलाग्दो भाईरसले ब्राजिलमा एकै दिन ४ हजारको ज्यान लिए पछि फेरि लकडाउन सुरु गर्ने तयारीमा छ । छिमेकी मुलुक भारत मा पनि दैनीक ४०-५० हजारको संख्यामा संक्रमित भेटिन थालेपछि नेपाल सरकारले थप चासो राख्दै सिमा नाकामा कडाइ गरेको छ । सिमा क्षेत्रबाट कोरोना नेपाल भित्रीन नदिने प्रयास भैइरहेको स्वास्थ अधिकारीहरुले बताए । नेपाल सरकारले पनि रात्रीकालिन लकडाउन गरि राती ९:०० बजे पश्चात सबै सेवा बन्द गर्न अनुरोध गरेको छ । धेरै जसो बिध्यालयहरुले त स्कुल बन्द गरेर अनलाइन पढाई लाई निरंतरता दिने योजना रहेको बताए । नेपालमा पनि कोरोना बढ्ने क्रममा रहेको र निकै साबधानी अपनाउन सरकारले आम सर्बसाधारणलाई अपिल गरेको छ ।

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०९:३१
प्रतिक्रिया दिनुहोस