कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार १०:२०

एउटा शक्तिशाली प्रेम कथा । कोठिमा बेचिएको प्रेम भाग ३

शीर्षक:कोठिमा बेचिएको प्रेम
भाग:३
(कृपया काल्पनिक रुपमा लेखिएको यो कथा कसैको जीवन सङ्ग मेल खाएमा संयोग मात्रै हुनेछ)

प्रेम अन्धो हुन्छ या नाटकिय रुपले अन्धो गराइदिन्छ जे होस प्रेम मा पर्दा सन्सार भुलाइदिन्छ।के सधै खुशी दिन्छ त प्रेम ले कहिले खुशी र कहिले खुशी सङ्गै पीडा थुपारिदिन्छ हो यहि महशुस गर्दै छु अनि आफ्नै पीडा यो पवित्र अनि सफा डाएरी र कलम सङ्ग बाढ्दै छु।
कुनै समय थियो त्यो समय मा यो समाज मेरो थियो र यहाँ बस्ने सबै अाफ्नै थिय न कसैले नराम्रो भन्ने गर्थे नत मेरो चरित्र अनि ब्यक्तित्व माथी औलानै उठाउथे तर अाज म यहि समाज को लागि एउटा नमागिएको एक कथा को पात्र बन्न पुगे।

कसैलाई निस्वार्थ माया गर्नु मेरो भुल थियो त अवस्य थिएन उसलाई इज्जत सङ्गै धेरै प्रेम मिल्ने आश यहि आशा ले निस्वार्थ उसैको प्रेम मा चुर्लुम्म डुब्न पुगे कसैलाई निसोर्थ माया गरेको परिणाम मैले मात्र घिर्णा र तिर्स्कार पाए उसलाई माया गरेको उसङ्ग सम्बन्ध अगाडि बढाएको भरमा म एउटा ओइलाएको फुल जस्तै हुन पुगे अाज यो समाजले मलाई तिरस्कार गरेको छ मलाई आफ्नो सामिप्य बाट टाढा टाढा हुने व्यबहार गरेको छ।

मलाई अजै पनि याद छ त्यो कालो दिन जुन दिन मेरो जिन्दगी मा तिमी अायौ अनि जिन्दगी जिउने तरिका फरक भयो मेरो। जेठ 12 गते हाम्रो गाउँमा धेरै पहिलै देखि ठुलो मेला लाग्नि गर्थ्यो म पनि प्रतेक बर्ष मेला हेर्न जान्थे त्यो बर्ष पनि त्यस्तै भयो मेला हेर्न जानी भन्दै साथिहरु सङ्ग घरबाट निस्किए गाउबाट मेला हेर्ने ठाउँ सम्म पुग्न एक घण्टा लाग्थ्यो हिडेर मेला हेर्न जानी क्रम मा बाटोमा पल्लो गाउँ को देव सङ्ग मेरो मेटो त्यसरी अचानक भेट हुदा एकदमै खुशी लाग्यो किनकी उ मेरो बाल्यकाल को साथि पनि थियो तर त्यही एक घण्टा को बाटो मा बसेको उ सङ्ग को प्रेम ले मेरो जीवन नै तहसनहस गराइदियो…….
क्रमशः……,,,,,,,
-कस्तो होला देव र रसु को प्रेम कहानि

कथा पढ्नुभयो धन्यवाद आशा छ कमेन्ट अनि सेयर गरेर साथ दिनुहुन्छ।
✍️ लेखक:राधा लामिछाने मगनिचोक पर्सा चितवन

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार १०:२०
प्रतिक्रिया दिनुहोस
कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:४२

कोठिमा बेचिएको प्रेम भाग दुई

कोठिमा बेचिएको प्रेम भाग दुई
२०७७ चैत २६ गते बिहिबार ०८:४१

कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार ०५:५९

गजल

गजल
२०७७ चैत २३ गते सोमबार ०९:५८