कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार १०:४२

एउटा शक्तिशाली प्रेम कथा । कोठिमा बेचिएको प्रेम ।

शीर्षक:कोठिमा बेचिएको प्रेम
भाग:४
(कृपया काल्पनिक रुपमा लेखिएको यो कथा कसैको जीवन सङ्ग मेल खाएमा संयोग मात्रै हुनेछ)

सबै साथिहरु सङ्ग गएको त्यो मेला मा देव सङ्ग भेटेपछि हाम्रो ग्रुप मा देव र उसको साथिहरु नि मिसिए हामी गफ गर्दै अगाडि बढ्यौ केही बाल्यकाल का कुरा गरियो त केही बर्तमान का कुरा गर्दै थियौ।

देव सङ्ग म बाल्यकाल को साथी भएर पनि होला छोटो समयमा पनि उसको नजिक भएर बोल्न लागे अरु साथिहरु आफ्नै कुरामा ब्यस्त थिए तर देव र म आफ्नै पारामा थियौ।

अरुले हाम्रो वास्ता नगरेको भएर पनि होला देव ले मलाई निकै जिस्क्याउदै बोलेको थियो बर्शौ पछाडि भेट भएको साथी सङ्ग म पनि जिस्किएरै बोल्दै थिए त्यसैबेला हामीले फोन नम्बर नि साटासाट गर्यौ।

हासो मजाक को रुपमा जिस्किदा जिस्किदै रमाउदै मेला घुम्दै गर्दा समय कति छिटो बित्यो त्यसैले हामी सबै आफ्नो आफ्नो घरमा फर्कियौ।

गोरो छाला भएको शरीर को बडि हरु एकदमै टाइट देखिने उसले लगाएको त्यो फिटिङ कपडा हल्का लामो लामो कपाल त्यो नि रातो खैरो कलर गरेको गोरो अनुहार मा दाह्री को कालो ठुटाहरु मिलेको दात कानमा कालो एउटा टप अनि आखामा चस्मा देख्दा कुनै सिनेमा को एउटा अभिनेत्री नायक जस्तो मेरो मन मस्तिष्क ले उसको बारेमा सोच्न लाग्यो यस्तो लाग्दै थियो कि मेरो उ सङ्ग अन्जान मै प्रेम भयो उसैको बारेमा सोच्न लागे।
राती खाना खाएर उसैको बारेमा सोच्दासोच्दै दस बजेको पत्तै थिएन अचानक मेरो मोबाइल मा घण्टी बज्यो नयाँ नम्बर थियो अनि फोन उठाए फोन देव को थियो।

मनमनै धेरै खुसि भए उसैको कल अाउछ कि भनेर बसिरहेको थिय साच्चै अाउदा त मन फुरुङ्ग भएको थियो त्यो दिन हामीले पुराना कुरा नि गरेको थियौ।
उसलाई अज‌ै याद रहेछ त्यो वालापन जाहा हामि धेरै जस्तो समय सगै बिताउने गर्थौ।

ती कुरा अहिले सम्जिदा पनि रमाइलो लाग्छ फोन मा कुरा गर्दै गर्दा उ निदाएर लामो लामो स्वास फेरेको महशुस भयो मलाई अनि फोन काटेर म पनि सुत्ने तरखरमा लागे……
क्रमशः…..,,,,,,,
-प्रेम कहानी कस्तो होला देव ले पनि रसु लाई प्रेम को नजर ले हेरेको होला त?

कथा पढ्नुभयो धन्यवाद आशा छ कमेन्ट अनि सेयर गरेर साथ दिनुहुन्छ।
✍️ लेखक:राधा लामिछाने मगनिचोक पर्सा चितवन

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार १०:४२
प्रतिक्रिया दिनुहोस
कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:२०

कोठिमा बेचिएको प्रेम भाग दुई

कोठिमा बेचिएको प्रेम भाग दुई
२०७७ चैत २६ गते बिहिबार ०८:४१

कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार ०५:५९

गजल

गजल
२०७७ चैत २३ गते सोमबार ०९:५८