रंगशाला बारे प्रधानमन्त्रीको चासो

रंगशाला बारे प्रधानमन्त्रीको चासो

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार १२:२६

रकम अभावका कारण स्वच्छिक चन्दा मागेरै अन्तर्राष्ट्रिय स्तरको गौतमबुद्द क्रीकेट रंगशाला बनाउन लागेको धुर्मुस सुन्तली फाउन्डेसन लाई सहयोग गर्न प्रधानमन्त्री इच्छुक रहेको बुझिएको छ ।

नेपाल मै जनस्तरबाट निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ धुर्मुस सुन्तली फाउन्डेसनले चितवन कृषि क्याम्पसको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रीकेट मैदान बनाउदै छ । रकम अभावका कारण आर्थिक सहयोगको लागि घरदैलो अभियान नै संचालन गरेर भएपनि सम्पूर्ण नेपालीहरुको सपना पूरा गर्ने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । यसै क्रममा जग्गा विवाद र चन्दा माग्दै हिडेको भन्दै सामाजिक संजालमा केही सिमित ब्याक्तीले आलोचना गरेपछि । प्रधानमन्त्रीको ध्यानाकर्षण भएको थियो । एउटा सार्बजनिक कार्यक्रममा प्रधानमन्त्रीले भने राज्यले गर्नुपर्ने काम ब्याक्तिले जनस्तरबाट गरिरहदा उत्साह भर्नुको सट्टामा आलोचना गर्दै हिड्नेहरु बिकास बिरोधि हुन । अब खेल मैदान बनाउन आफुले पनि सक्दो सहयोग गर्ने उनले बताए । खेलकुद बाटै रास्ट्र परिवर्तन र बिकास गर्न सकिन्छ भन्ने लक्ष्यका साथ निर्माण हुन लागेको सो रंगशाला पूरा गर्न तपाईं हाम्रो पनि उत्तिकै सहयोग र साथको खाँचो छ ।

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार १२:२६
प्रतिक्रिया दिनुहोस