सिँगटी हाइड्रोपावरको शेयर भोलि बाँडफाँड हुने तपाईंको भागमा कति पर्ला

सिँगटी हाइड्रोपावरको शेयर भोलि बाँडफाँड हुने तपाईंको भागमा कति पर्ला

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०३:२७

पछिल्लो समय लगानीकर्ताको उत्साह र शेयर बजार बारे सर्बसाधारणमा बढेको चासोको कारण पुँजीबजार प्रतिको आकर्षण झन बडेर गएको छ ।

सिंगटी हाइड्रोपावरको ipo शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले आफ्नो कार्यालयमा भोली बिहान ११ आईपीओ बाँडफाँड हुने जनाएको छ ।

आइपिओका लागि माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार लगभग २ लाख ६९ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्।
१२ लाखभन्दा ५९ हजार भन्दा धेरै निबेदकले भने शेयर पाउने छैनन्।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०३:२७
प्रतिक्रिया दिनुहोस