सुडानको डारफर क्षेत्रमा भएका जातीय द्वन्द्व हिंसा तथा झडपमा परी मृत्यु हुनेको सङ्ख्या करिब १३५ पुगेको यहाँका गभर्नरले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन्।
एक हप्ता देखि राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदाय बीच भएको झडपमा उनीहरूको मृत्यु भएको हो ।
सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । भने कोरोना संकट समेत बढ्ने चिन्ता जनाएको छ ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार झडपमा मृत्यु हुनेको सङ्ख्या १३५ पुगेको छ ।
प्रकाशित मिति २०७७ चैत २७ गते शुक्रबार १२:३७