प्रधानमन्त्रीको नयाँ बर्ष उपहार

प्रधानमन्त्रीको नयाँ बर्ष उपहार

@eparewa.com

@Eparewa

२०७७ चैत २७ गते शुक्रबार ०१:२८

सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा बोकेर हिडेका प्रधानमन्त्रीले नयाँ बर्ष २०७८ को पहिलो दोस्रो साताभित्रै धरहरा , अपर तामाकोसी , भैरहवा बिनानस्थलको उदघाटन गर्ने तयारी रहेको स्रोतले बतायो । यसले बिकास र समृद्धि ओलिकै पालामा सम्भब भएको बुझिन्छ ।

तुलनात्मक रुपमा बिकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएर नेपाल र नेपालीलाई समृद्धितर्फ डोर्‍याउने सपना र योजना बोकेर हिडेका प्रधानमन्त्री केपि शर्मा ओलिले नयाँ बर्ष २०७८ मा सम्पुर्ण नेपालीलाई अपर तामाकोसी ४५६ मेगावाट र धरहरा उद्घाटन गरि उपहारस्वरूप नेपाली जनतालाई सुम्पने बताईएको छ । साथै सम्भब भए सम्म भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल पनि बैशाखमै सम्पन्न गरि नेपालले नयाँ बर्ष देखि बिकास र समृद्धिमा पाईला चाल्दै गरेको अनुभुती जनतालाई दिने तयारी रहेको स्रोतले जनायो । अन्य शासक भन्दा बर्तमान सरकारले बिकाद प्रती चासो बढी राखेकै कारण आयोजनाहरु धमाधम सफक बन्दै गएको छ । एक अधिकारीले भने । नेपाल र नेपालीले बिकास र समृद्धितर्फ पाईला चालेको अब केही बर्षमा यसले तिब्र गति लिने जानकारहरु बताउछन । नेपाल मै रोजगार सिर्जना गर्न रासायनिक मल कारखाना खोल्ने , उर्जा उत्पादनमा जोड दिने , रास्ट्रीय गौरवका आयोजना समयमै सम्पन्न गरी राजनीतिक सत्ता र स्वार्थ भन्दा माथी उठेर देश बिकासमा सबैलाई एक जुट भएर लाग्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको स्रोतको दाबी छ । यसले बिकास र समृद्धि ओलिकै पालामा सम्भव देखाएको छ ।

प्रकाशित मिति २०७७ चैत २७ गते शुक्रबार ०१:२८
प्रतिक्रिया दिनुहोस