संसद भवनमा जुहारी गगन vs महेश कस्ले के भने ।

संसद भवनमा जुहारी गगन vs महेश कस्ले के भने ।

@eparewa.com

@Eparewa

२०७७ चैत २७ गते शुक्रबार ०३:३५

जनताको आवाज बुलन्द पार्नुपर्ने संसद भवनमा सत्ता स्वार्थको चर्को दोहोरी गुन्जनु दुर्भाग्य हो । संसद भवन सत्ता रोधिघर बनेकै हो त ?

काठमाडौ :- हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष सांसदहरु बिच घम्साघम्सी जुहारी नै चल्यो । कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्रीको कार्य शैलीमाथी आलोचना गरे पछि एमाले सांसद महेश बस्नेतले त्यसको बचाउ गरे । निकै चर्काचर्की साथ दुबै सांसद गर्जिदै गर्दा जनताको आवाज भने ओझेल परेको आभास हुन्थ्यो । देशको भस्ट्राचार , अनियमितता , महंगी , कोरोना प्रभाव , बाताबरण प्रदुषण जस्ता बिषय मौन रहे । कांग्रेस नेता थापाले प्रधानमन्त्रीले गफ मात्रै धेरै लाउदै हिडेको , बिकास र समृद्धिको नाउमा रिबन काट्दै हिडेर नेपाली जनतालाई रमिता देखाएको बताए । ठेक्का सम्झौता नै नभएका आयोजनाहरुको स्विच दबाउदै प्रधानमन्त्री हिड्नु भा छ यो उनको सोख हुनुपर्छ । १६५ ओटा सडक खण्ड बिस्तार बारे स्विच दबाएर उद्घाटन गरेर मात्रै नपुग्ने त्यसले का के कति सकारात्मक तथा नकारात्मक प्रभाव पार्छ भन्ने बारे पनि जान्नुपर्ने उनको भनाई थियो । थापाले भने प्रधानमन्त्रीको भिजन काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भने झै भएको छ । लगत्तै बोल्न पालो पाएका एमाले सांसद बस्नेतले भने प्रधानमन्त्रीको बचाउ गरे । उनले भने यथास्थितिवादीहरु सरकारको बिकास र समृद्धिको भिजन र मिसन पूरा हुन लागेको देखेर अत्तलिएको बताए । सरकारको सबै बिकासको आयोजनाहरु सफल बनाउदै लगेको र नँया नयाँ लोकपृय आयोजना अघि सारेको कारण प्रतिपक्ष तर्सिएको उनको भनाई थियो । १६५ ओटा सडक बिस्तार गर्ने योजनामा के कारणले बिरोध गर्दै हुनुहुन्छ यसले देश र जनतालाई फाईदा पुग्दैन र ? उनको प्रश्न थियो । उनले कुनै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने १६५ वटा सडक नचाहिने भए हटाएर देखाउन समेत चुनौती दिए । यसरी जनताको आवाज बुलन्द पार्नुपर्ने संसद भवनमा सत्ता स्वार्थको चर्को दोहोरी गुन्जनु दुर्भाग्य हो । संसद भवन सत्ता रोधिघर बनेकै हो त ? यो प्रश्नको उत्तर जनताले खोजिरहेका छन ।

प्रकाशित मिति २०७७ चैत २७ गते शुक्रबार ०३:३५
प्रतिक्रिया दिनुहोस