क्रीकेट कुम्भ मेला ipl आजदेखी सुरु ।

क्रीकेट कुम्भ मेला ipl आजदेखी सुरु ।

@eparewa.com

@Eparewa

२०७७ चैत २७ गते शुक्रबार ०५:४१

बिराट vs रोहितको भिडन्त कस्ले मार्ला बाजि ।

बिराट vs रोहित कस्ले मार्ला बाजि क्रीकेटको कुम्भ
मेला सुरु । इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी आइपीएलको यो दुई महिने लामो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

कोभिडलाई मध्यनजर गर्दै यस प्रतियोगितामा सहभागी सम्पूर्ण आठवटा टोलीले कुनैपनि खेल आफ्नो घरेलु मैदानमा खेल्ने छैनन् । यसैक्रममा आजको पहिलो खेल साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेञ्जर बेंग्लोर विरुद्ध चेन्नईको चेपाक मैदानमा नेपाली समय अनुसार पौने आठ बजे खेल्दैछ ।

मुम्बईका कप्तान रोहित शर्मा छैटौं उपाधीका लागि तम्तयार छन् भने भारतीय क्रिकेट टोली तथा बेंग्लोरका कप्तान बिराट कोहली भने आफ्नो पहिलो आइपीएल उपाधीको दाउमा प्रतियोगितामा उत्रदैछन् ।
यसपटकको आइपीएलमा भने नेपाली स्पीनर सन्दिप लामिछाने देखिने छैनन् ।-

प्रकाशित मिति २०७७ चैत २७ गते शुक्रबार ०५:४१
प्रतिक्रिया दिनुहोस