बार्सिलोना स्पानिस कोपा डेल रे’मा पराजित भएको छ। बार्सिलोनाले क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोर्न पुग्यो । बार्सिलोनालाई सेभियाले २-० ले पराजित गरेको हो।


खेल सोभियाको घरेलु मैदानमा भएको थियो । सेभियाका लागि पाब्लो सराबिया र विसम वेन इडरले दोस्रो हाफमा गोल गरे। बार्सिलोनाले दोस्रो हाफमा लुइस सुअरेज र फिलिप काउटिन्होलाई मैदान प्रवेश गराएको थियो तर पनि गोल गर्न सकेनन्। जेरार्ड पिकेको कप्तानीमा खेलेको बार्सा टिमममा अधिकांश दोस्रो रोजाईका खेलाडी थिए।बार्सिलोना कप्तान लियोनल मेसी बिना नै मैदान उत्रेको थियो । बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा खाएको थियो।


दुई दिनअघि मात्र क्लब भित्रिएका केभिन प्रिन्स बोएटेङले यही खेलमा बार्सिलोनाका लागि डेब्यू गरका छन्। अब दोस्रो लेग जनवरी ३१ मा बार्सिलोनाको मैदानमा हुनेछ।