कृषिप्रधान देश नेपालमा पशुपालन व्यावसाय कृषिपेशाको अभिन्न अगंको रुपमा रहेको छ । देशको कूल ग्रार्हस्थ उत्पादनमा करिब एक तिहाई योगदान पु¥याउने कृषि क्षेत्रमा पशुपालन व्यवसायको श्रेय करिव एक तिहाई रहेको छ भने कूल ग्रार्हस्थ उत्पादनमा करीब १७ प्रतिशत योगदान रहेको छ । 

दूध, मासु, एवं फुल उत्पादन मार्फत कुपोषणता हटाई खाद्य सुरक्षामा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको यस व्यवसायले लैंगिक समानता, रोजगार सिर्जना, माटोको उर्वराशक्तिको बढावा र श्रमको उपलब्धता एवं ग्रामिण अर्थतन्त्रको प्रवद्र्धनमा यसको महत्वपूर्ण योगदान गरिरहेको छ । देशमा हाल रहेका ५२ लाख भैंसी÷राँगाहरुबाट देशको कुल दूध तथा मासु उत्पादनमा क्रमशः ७० र ६५ प्रतिशत योगदान रहेको छ ।

विगतका वर्षहरुमा पशुपालन व्यवसाय विस्तारै व्यावसायिकतामा अगाडि बढेको भएतापनि हाल देशको आवश्यकता अनुसार फड्को मारिरहेको छ । देशमा भइरहेको जनसंख्या वृद्धि तथा आर्थिक स्तरमा सुधार एवं पशुजन्य उद्योग स्थापना (धुलो दूध उत्पादन कारखाना, वधशाला स्थापनाका कारण) कारण दूध तथा मासुको माग निरन्तर बढिरहेको छ । वर्तमानमा देशमा करिब दैनिक ४ लाख लिटर दूध अभाव रहेको छ भने राष्ट्र बैंकको तथ्याङ्क अनुसार बार्षिक अरबौंको मासु नेपालमा आयात भएको देखिन्छ । 
पाडापालन व्यवसायलाई प्रशस्त सम्भावनाहरु हुदाहुदैँ पनि व्यवसायिक रुपमा विकास गर्न नसकिएको अवस्थामा कृषकरु यसबाट हुने फाइदाहरुबाट बञ्चित भईरहेका छन् । देशको मासु आवश्यकता पुर्ति गर्न भारत तथा अन्य मुलुकहरुबाट जीवित पशु तथा मासु आयात गरिनु तर देशभित्रैका सम्भावनाहरुलाई व्यवसायिक नबनाउदाँ देशले थप आर्थिक भार व्यहोर्न बाध्य भएको तथ्याङ्क सार्वजनिक भएका छन् । 

परम्परागत रुपमा गरिने पाडापालन व्यवसायको व्यवसायिकता गर्न सकेमा यसबाट स्वरोजगारको सिर्जना भई आर्थिक आम्दानीमा वृद्धि हुने र कृषकहरुको जीवनस्तर मा सुधार ल्याउन सकिने प्रबल सम्भावनाहरु रहेका छन् । यसले देशको व्यापार घाटामा थोरै भएपनि योगदान गर्न सक्दछ ।

व्यवसायिकरणका लागि आवश्यक पुर्वाधारहरुमध्ये यस व्यवसाय सम्बन्धमा आवश्यक ज्ञान र प्राविधिक जानकारीको साथै आहारा, बजार, व्यवस्थापन, स्वास्थ्य तथा गोठ व्यवस्थापन मुख्य हुन् । मासुका लागि पाडापालन प्रविधि कृषकहरुबिच त्यति परिचीत नभएपनि यस सम्बन्धि अध्ययनहरु भएका छन् । व्यावसायिक पाडापालनका निम्ति उल्लेखित बुदाँहरुमा ध्यान दिन सके फाइदा लिन सकिन्छ ।

पाडाहरुको छनौट :
स्वस्थ माउबाट जन्मिएका स्वस्थ तथा ६ महिना कटेका (८–१२ बिचका) पाडाहरु उपयुक्त हुन्छन् । माउको दूध खान छाडि धान परालमा आश्रित पाडाहरुको पाचन क्षमता पूर्ण विकसित भइसकेको हुदाँ स्याहार गर्न सजिलो हुन्छ । नेपालमा स्थानिय भैंसी (लिमे, पारकोटे, गड्डी) वा मुर्राका पाडापाडीहरु छनौट गर्न सकिन्छ । स्थानिय नश्लमध्य गड्डीे मासुको लागि राम्रो मानिन्छ ।

आहारा व्यवस्थापन :
आहारा व्यवस्थापन पाडापालन व्यवसायको मुख्य क्षेत्र हो । पुरा लगानीको करिब ६० प्रतिशत आहारामानै जाने र आहारा अनुसारको शारिरीक वृद्धि हुने हुदाँ किसानले यसमा विशेष ध्यान दिनुपर्छ । आहारा दिंदा शारीरिक तौलका आधारमा आवश्यक पर्ने सुख्खा पदार्थ २.५ देखि ३ किलो ग्राम प्रति १०० किलोग्राममा शारीरिक तौल ४०% सन्तुलित दानाबाट र बाँकी ६०% घाँस तथा परालबाट पुर्ति गरिंदा मासु उत्पादन राम्रो रहेको  अनुसन्धानबाट पाइएको छ । 

स्वास्थ्य व्यवस्थापन :
पाडाहरुलाई आन्तरिक परजिवी (गोलो जुका÷नाम्ले माटे) को औषधी प्रत्येक छ महिनामा र खोप (भ्यागुते ,चरचरे र खोरेत) विरुद्धको खोप तालिका अनुसार नियमित रुपमा लगाउनुपर्छ । पशु स्वास्थ्य संग सम्बन्धित थप ज्ञान तथा सल्लाह पशु चिकित्सक वा प्राविधिकसंग नियमित रुपमा लिनुपर्दछ । पाडापाडीमा लाग्ने प्रमुख रोगहरुमा नाइटो पाक्ने, सेतो छेर्ने, भ्यागुते, खोरेत, चरचरे, पेट फुल्ने, अजिर्ण हुने हुन जुनलाई प्राविधिकको सल्लाह बमोजिम उचित व्यवस्थापन मार्फत रोकथाम गर्न सकिन्छ ।

गोठ व्यवस्थापन :
पाडालाई माउ भैंसी वा अन्य भैंसीसंग एकै ठाउँमा राख्न हुदैन् । पाडाको गोठमा ड्रेनेजको राम्रो व्यवस्था भएको, पर्याप्त भेन्टिलेशन भएको, सुर्यको प्रकाश प्रशस्त पुग्ने, हिउँदमा चिसो हावाले नभेट्ने खालको हुनुपर्दछ । पाडाहरुलाई तालिकामा देखाएर बमोजिम क्षेत्रफल उपलब्ध गराउनु पर्दछ ।
क्र.सं.    समूह    क्षेत्रफल (वर्ग फिट)
१    जन्मदेखि ३ महिनासम्म    6=0-7=62

२    ३ देखि ६ महिनासम्म    7=62-9=15

३    ६ देखि १२ महिनासम्म    9=15-12=2
४    १२ देखि १८ महिनासम्म   12=2-15=24

पाडाहरुलाई बधुवाँ बन्दा फुकुवा गरि पाल्दा राम्रो शारीरिक वृद्धि हुने हुंदा माथि उल्लेखित क्षेत्रफलबाहेक खेल्नको लागि पनि क्षेत्रफल छुट्याउनु पर्दछ ।  
अन्त्यमा,
भौगोलिक क्षेत्र अनुकुल गोठ निर्माण, गोठमा पाडापालन सुरु गर्नु भन्दा ५÷६ महिना पहिला देखिनै घाँसको उपलब्धता, स्वस्थ्य र राम्रो नश्लको पाडाहरुको छनोट, वैज्ञानिक रुपले सन्तुलित आहारा, नियमित रुपमा पड्के, खोरेत, भ्यागुते र चरचरे विरुद्धको खोप तथा उचित बजारको प्रवन्ध गर्न सकेमा नेपाली कृषकहरुमाझ पहाडमा पाडालाई त्यति स्याहार गरि नपाल्ने तथा कहिंकतै जन्मदा बित्तिकै फाल्ने चलन व्यवसायिक पाडापालन मार्फत परिवर्तन गर्न सकिन्छ । यसले कृषकको आर्थिकस्तरमा सुधार गर्नुका साथै देशमा विद्यमान मासु संकटलाई केहि हदसम्म कम गर्न सकिने देखिन्छ ।

हलोखबर