एउटा पहलमान जस्तो ठूलो शरीर भएको मनिस आफ्नो सामान लगेर एउटा स्टेशन मा ओर्लियो। उस्ले एउटा ट्याक्सि वालालाई सोध्यो मलाइ मन्दिर जानु छ​। ट्याक्सि वाला ले भन्यो २०० रुपैयाँमा लान्छु। त्यस पहलमानले आफ्नो बुद्धिमनि देखाउदै उसले भन्यो कहा येति नजिक को २०० रुपैयाँ। तपाइ टैक्सी वाला त लुट्दै हुनुहुन्छ यति नजिक को २०० रुपैयाँ कसरी हुन्छ ।

म आफ्नो सामान आफै लगेर जान्छु । त्यो मनिस अलि बेर अघि सम्म हिड्छ अनि अझ प्रश्न गर्दछ भाइ अब मैले धेरै दुरि सम्म हिडिसके अब भन कति पैसा लिन्छौ। ट्याक्सिवालाले जवाब दिदै भन्यो अब ४०० रुपैयाँ। ट्याक्सिवाला लाइ सुनेर त्यस मनिसले भन्यो पहिला २०० रुपैयाँ अनि अहिले चाहि ४०० रुपैयाँ किन​। ट्याक्सि वालाले जवाबमा भन्यो ; महोदय यति बेर सम्म तपाइ बिपरित बाटो हिडदै हुनु हुन्छ जबकि मन्दिर त आर्को तर्फ छ । त्यो पहलमान केहि नबोलि चुपचाप
ट्याक्सिमा बस्यो ।


यसै गरि हामी जिन्दगी मा धेरै पल्ट बिना गम्भीरता पुर्बक सोचेर काम गर्छौ र आफ्नो मिहेनत र आफ्नो बहुमुल्य समय बर्बाद गर्दछौ र त्यस कामलाइ आधा हुँदा नै छोड्छौ। कुनै पनि काम हातमा लिनु अघि सोच बिचार गरेर लिनु पर्दछ र जुन काम हामी गरिरहेका छौ त्यो हाम्रो लक्ष्यको हिस्सा हुनु पर्दछ । एउटा कुरा याद राख्नुस कि सधै सही दिशा भयो भने मात्र हाम्रो मिहेनतले रङ देखाउछ । यदी दिशा नै गलत छ भने हामी ले जती सुकै मिहेनत गरे पनि फाइदा हुने छैन​। त्यसैले दिशा तय गर्नुस सफलता तपाइको हातमा हुनेछ​।