युएइ बिरुद्धको खेलमा नेपालको कमजोर प्रदर्शन, ३३.५ ओभरमा सबै विकेट गुमायो

युएइ बिरुद्धको खेलमा नेपालको कमजोर प्रदर्शन, ३३.५ ओभरमा सबै विकेट गुमायो

इ-परेवा

@Eparewa

२०७५ माघ ११ गते शुक्रबार ०९:०९

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भयो। परम्परागत रूपमै कमजोर मानिँदै आएको ब्याटिङमा सुधार गर्न नसक्दा दुबई एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल ११३ रनमा सीमित भएको छ। घरेलु क्रिकेटमा...

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भयो। परम्परागत रूपमै कमजोर मानिँदै आएको ब्याटिङमा सुधार गर्न नसक्दा दुबई एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल ११३ रनमा सीमित भएको छ। घरेलु क्रिकेटमा २० ओभरको खेलमा अभ्यस्त खेलाडीहरूले ५० ओभरको खेलमा टिक्न सकेनन्। नेपाली टोलीले ३३.५ ओभरमा सबै विकेट गुमायो।ब्याटिङ नेपाली क्रिकेटको परम्परागत रूपमै कमजोर रहँदै आएको छ। नेपालले दुबईमा पनि आफ्नो ब्याटिङ सुधार्न सकेन।


कमजोर प्रदर्शनप्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल चार बल खेलेर खाता नै नखोली आउट हुँदा नै नेपाली टोलीको कमजोर प्रदर्शनको सङ्केत देखिएको थियो।कप्तान पारस खड्काले पनि ठूलो योगदान दिन सकेनन्। उनी २० रन बनाएर फर्किए।चौथो ब्याट्सम्यानका रूपमा मैदानमा पठाइएका अलराउन्डर सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। तर उनी ४७ औँ बल खेल्न खोज्दा एलबीडब्ल्यूको धरापमा परे।मध्यक्रममा भरपर्दो मानिने दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन्।यही खेलमा पहिलो चोटि राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका पवन सर्राफले चार मात्रै बनाए भने अलराउन्डर करण केसीले तीन रन बनाएपछि क्याच आउट भए।आरिफ शेखले ४३ बल खेलेर २५ रन बनाए भने सन्दीप लामिछानेले २७ बलमा १५ रन बनाए।


वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने अन्तिम ब्याट्सम्यान ललितनारायण राजवंशी दुई रनमा सीमित भए।युएईका कप्तान मोहम्मद नाविदले प्रारम्भिक जोडी ज्ञानेन्द्र र विनोदको विकेटसहित तीन विकेट लिएका थिए। अमिर हायातले तीन नेपाली ब्याट्सम्यानलाई धराशायी पारे।यूएईका लागि इमरान हैदरले दुई र कदीर अहमदले एक विकेट लिए।पछिल्लो एकदिवसीय भेटमा पनि नेपाल यूएईसँग ७८ रनले पराजित भएको थियो।अहिले यूएई ११४ रनको लक्ष्य लिएर ब्याटिङ गर्दैछ।
बिबिसि

प्रकाशित मिति २०७५ माघ ११ गते शुक्रबार ०९:०९
प्रतिक्रिया दिनुहोस