काठमाडौं- आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ।

बिधेयक पारित- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बिरोध गरेतापनि अवरोध हटायर बिधेयक पास भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक लियर मर्यादापालकको ‘स्कर्टिङ’ मा रोष्ट्रम पुगेका थिए । कांग्रेसले विरोधका कारण प्रतिपक्षले अवरोध गरिरहेको समयमा सदनको कामकारबाही अघि नबढाउने परम्परा विपरीत सभामुख महराले विधेयक पारित गराएका हुन्।योसँगै राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन लागू हुनेछ।


नेपाली कांग्रेसको बिरोध– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षलाई पेलेको भन्दै अब सडक र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पास गरियो यो मान्य छैन,’ उनले सञ्चारकर्मीसँग भने, ‘हामी त्यसविरुद्ध जे पनि गर्न सक्छौं।’सर्वदलीय बैठकमा सभामुखले अवरोध भएमा बैठक स्थगित गर्ने भने पनि पेलेर विधेयक पास गरेको देउवाले आरोप लगाए।


डा‍. गोबिन्द के‍.सि.को असन्तुष्टी- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज १७ ‌औ दिन अनसनमा बसेरहेका डा‍. गोबिन्द के.सि.ले सम्झौता विपरीत संसदले आज चिकित्सा शिक्षा विधेयक पास गरेकोमा असन्तुष्टी व्यक्त गरेका छन । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिएका छन्।अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले भने, ‘यो ३ करोड नेपाली जनातामाथिको धोका हो।’ उनले संसदले विधेयक पारित गरे पनि आफ्नो अडान नछाड्ने बताएका छन्। चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने छ।’ उनको यो १६ औं चरणको अनसनमा हो।