चितवन – भारतको गोवामा सप्पन्न अन्डर १५ अन्तरास्ट्रिय डिज कम्ब्याक्ट गेममा नेपालको तर्फबाट बिजेता बनेका खेलाडीहरुलाइ चितवनमा सम्मान गरिएको छ ।

जापान गोजु रियो कराते डो केन्वाकाइ नेपाल शाखा डोजो चितवनले बिजेता खेलाडीहरुलाइ बिशेस सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

जनबरी १८ देखि १९ सम्म भारतको गोवामा सप्पन्न अन्डर १५ अन्तरास्ट्रिय डिज कम्ब्याक्ट गेममा नेपालको तर्फबाट चितवन मंगलपुरका प्रशिक्षक राजु पौडेल र साहयक प्रशिक्षणक राजु पौडेल साहयक प्रशिक्षक बुद्द लामाको प्रतिनिधित्वमा ९ खेलाडी भाग लिएका थिए ।

उक्त सम्पन्न खेलमा जम्मा ७ रास्ट्रले सहभागी लिएका थिए ।नेपालले ६ रास्ट्रलाई उछिन्दै प्रथम स्थान हासिल गरि बिहिबार नेपाल फर्केका छन ।नेपालको तर्फबाठ कराते र बक्सिङ खेलमा भाग लिएका थिए।जसमध्ये कराते तर्फ सुसान्क घिमिरेले -१ गोल्ड ,१ सिल्भर मेडल ,करण पौडेल १ गोल्ड र १ सिलभर मेडल ,जिन्सन लामाले २ गोल्ड मेडल ,स्माइल आचार्य ३ गोल्ड मेडल ,नीरज घिमिरेले २ ब्राउन्च मेडल ,आरती गुरुङ १ गोल्ड, १ सिल्भर र एक ब्राउन्च मेडल ,करुणा बिकले २ गोल्ड र एक सिल्भर मेडल उपाधी जितेका थिए । त्यस्तै बक्सिङ तर्फ सहभागी खेलाडी निस्चल रानामगर एक गोल्ड मेडल र कुशल कडेलले १ गोल्ड मेडल उपाधी जितेका छन ।

सहभागी खेलाडी टोलि यहि बिहिबार चितवन फर्केका छन ।
सम्मान कार्यक्रममा बोल्दै खेलकुद सघ चितवनका सल्लाहकार पुस्प आचार्यले प्रशिक्षक तथा बिजेता खेलाडीलाई बधाई दिदै खेल अगाडि बढाउन आफुहरु लागिपरेको र सम्पुर्ण सहयोग गर्नको लागि अनुरोध गरे ।

त्यस्तै उद्योग बाणिज्य सघका अध्यक्ष सहनलाल प्रधानले पनि बधाईसहित आफ्नो मन्तब्यमा उधोग बाणिज्य सघले पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।