धनुषा : जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ। सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

जन्ती बोकेको बस बिजुलिको पोलमा ठोक्किएर भित्र करेन्ट प्रवाह हुँदा सात जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य १९ बढी घाइते भएका छन्।

ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको स्थानीयले बताएका छन ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो। बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ।

बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।