चन्चले अभिनेत्री आँचल शर्मा यतिबेला नयाँ चलचित्रको सुटिङमा ब्यस्त छिन । उनी अहिले दाल भात तरकारीको सुटिङमा व्यस्त छिन् ।

केही समयअघि उनले चलचित्र शत्रुगतेमा कलाकारहरूको भीडबीच काम गर्दा आफूलाई घाटा भएको आशय व्यक्त गरेकी थिइन् । त्यसको केही समयपछि आँचल अभिनीत चलचित्र ब्ल्याक प्रदर्शनमा आयो । उक्त चलचित्रमा आँचल मुख्य भूमिकामै थिइन्, तर यो चलचित्रले राम्रो व्यापार गर्न सकेन ।

चलचित्रले उत्कृष्ट व्यापार नगरेपछि आँचललाई के फाइदा पुग्यो होला र ? यसैगरी उनले अहिले त्यही हूलमूलकै बीचमा दाल भात तरकारीमा अभिनय गरिरहेकी छिन् । यो चलचित्रमा अभिनय गर्दा पनि उनी खासै ढुक्क देखिन्नन् ।

यो चलचित्रले आफूलाई फाइदा गर्छ कि गर्दैन अथवा फेरि पनि कलाकारहरूको भीडबीच काम गरेर गल्ती गरें कि भन्ने चिन्ता उनमा छ ।