म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले झुप्पे ओखर भनिन्छ। झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा वरिपरि स-साना काँडा रहेको हुन्छ ।यो बोटले ३ देखी ५ बर्षमा फल दिन थाल्छ ।

म्याकाडमिया नटका बोटहरुमा चैत बैशाखमा फूलहरू फुल्न थाल्छ । त्यसतै फुलहरूको फल लाग्ने प्रकियामा भदौ महिना देखी फल खान योग्य हुन्छ तर योग्य बीऊका लागि भने असोज कात्तिक नै कुर्नुपर्ने हुन्छ । गेडागुडीको राजा मानिने म्याकाडमिया फुटालेर खानुपर्छ । महङ्गो मीठाई, राम्रोखाले क्रिम वा बास्नादार तेल बनाउन समेत यसको उपयोग गरिन्छ ।

नेपालको पहाडी जिल्लाको भीर, खेती नहुने ठाउँमा सहजै रोप्न सकिने, ओखरजस्तै रुखमा फल्ने र बजारको राम्रो सम्भावना भएकाले किसानहरु म्याकाडमियाको व्यवसायीक खेतीप्रति आकर्षित भएका हुन् । बागवानीले नेपालको सबै भागमा यो फलको प्रचुर सम्भावना भएको बताएका छन्। अष्ट्रेलिया, दक्षिण अफ्रिका र अमेरिकामा पाइने गेडागुडी ( नट ) जातिको प्रजाति हो । सधैँ हरियो हुने यसको रुख ३० देखि ३५ फिटसम्म अग्लो हुन्छ ।

विशेषता :
म्याकाडमियाको एउटा वयष्क रुखले ५० किलोग्राम सम्म उत्पादन दिने र लामो समय भण्डार गरेर आवश्यकता अनुसार बेच्न सक्नु यो फलको विशेषता हो ।
रुखमा लहरामा झुण्डिएर फल्ने, कडा दाना भएकोले असिनाले समेत असर नगर्ने र रोपेपछि खासै मेहनत गर्न नपर्ने यसको विशेषता हो । “भिरालो र अरु कुनै काम नलाग्ने पाखो भीरमा रोप्न सकिने भएकोले नेपालमा यसको प्रचुर सम्भावना छ ।

खेती प्रबिधी :
म्याकाडमिया नेपालको ३०० मिटर देखी १८०० मिटरसम्मको उचाईको सबै भागमा र खासगरी मध्यपहाडी भेगमा खेती गर्न सकिन्छ।यो बिरुवा रोप्दा ७ मिटरको फरकमा रोप्दा राम्रो हुन्छ । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रमा उत्पादन दिने । -३ डिग्री सेल सियस सम्म यो बिरुवा बाच्न सक्छ ।

बजार :
म्याकाडोमियाको बजार मूल्य अहिले दानासहीत प्रति किलोग्राम ५ सय देखि ८ सय रुपैयाँ रहेको छ ।