जैविक हतियार (Biological Weapons)
जैविक हतियार अन्तर्गत कुनै प्रकारको भाइरस वा रोग पर्छ जसले लाखौ मानिसहरुलाइ प्रभावित पार्न सक्छ। यसरी भाइरस वा रोगलाइ हतियार को रुपमा प्रयोग गर्दा उत्पन्न हुने सबैभन्दा ठुलो जोखिम भनेको यसलाइ नियन्त्रण गर्ने सकिदैन। एक चोटि सुरु भइसकेपछि यसलाइ फैलनबाट केहि गरे पनि रोक्न सकिदैन।
जैविक हतियार जस्तो डरलाग्दो, भयानक र शक्तिशाली हतियार सायदै अरु नहोला। एउटा लहर बेनर आउछ अनि विनाश गरेर जान्छ मानिसको जिवन। यस्तो हतियार एकदम प्रभावकारि पनि हुन्छ। कसैले हतियारको रुपमा फैलाएका हुन कि प्राकृतिक रुपमा नै उत्पन्न भएका रोगहरु हुन भनेर छुट्याउन नसकिने हुदा जैविक हतियारले अति ठुलो जोखिम बोकेको छ।

जैविक हतियारको रुपमा प्रयोग गर्ने सकिने ( वा प्रयोग भएको हुन सक्ने ) केहि रोगहरु :
इबोला (ebola), एन्थ्राक्स (anthrax), टुलरेमिया (tularemia), प्लेग (plague)

रासायनिक हतियार (Chemical Weapons)
रासायनिक हतियारमा डरलाग्दा रसायनहरु प्रयोग हुन्छ जसले छाला, रगत, नशा वा स्वाशमा असर गर्दछ। थोरैमात्र भएपनि पुग्ने यस्ता रसायन वातावरणमा फैलिएपछि जैविक हतियारहरु जस्तै नियन्त्रण गर्ने नसकिने हुन्छ। केहि गरेर पत्ता लागिहाले पनि नियन्त्रण गर्ने अत्यन्त कठिन हुन्छ, जसको लागि धेरै समय र पैसा खर्च गर्नुपर्ने हुन्छ।
ठुलो मानव संहारको लागि यो अत्यन्त सजिलो हतियार हो। यि रसायनहरु यति डरलाग्दा छन् कि यि रसायनहरु केहि टन भन्दा बढि कुनै पनि देशले राख्न नपाउने नियम छ।
chemicalbomb
रासायनिक हतियारको रुपमा प्रयोग गर्ने सकिने केहि रसायन वा हतियारहरु :
मस्टार्ड ग्यास (mustard gas), रिसिन (Ricin), लेविसिट (Lewisite).

फिसन बम ( Fission Bomb) र फ्युजन बम ( Fusion Bomb)
न्युक्लियर फिसन र न्युक्लियर फ्युजन अत्याधिकरुपमा उर्जा उत्पन्न गर्न सक्ने रासायनिक प्रतिक्रियाहरु हुन जसमा परमाणुबिचको मिलन वा परमाणु टुक्रिनाले उर्जा पैदा हुन्छ।
फिसन भन्नाले एउटा परमाणु टुक्रियर दुइ वा दुइ भन्दा बढि परमाणुमा टुक्रने क्रिया भन्ने बुझिन्छ।
यसरि परमाणु टुक्रिदा उर्जा पैदा हुन्छ । परमाणु बम (atomic bomb) यहि सिद्धान्तमा बनाइन्छ। एक चोटि सुरु गरे पछि परमाणु टुक्रने श्रृंखलनै सुरु हुन्छ जसबाट अकल्पनिय उर्जा पैदा हुन्छ र त्यहि उर्जाने विनाशको लागि जिम्मेवार हुन्छ।

सन् 1945 अगस्त 6 मा जापानको हिरोशिमामा प्रयोग गरिएको लिटिल ब्वाइ (Little Boy) नामक परमाणु बम र यसको तिन दिनपछि सन् 1945 अगस्त 9 मा जापानकै नागासाकिमा प्रयोग गरिएको बम फिसन बमको उदाहरण हुन।
फ्युजन भन्नाले दुइ वा दुइ भन्दा बढि परमाणुको मिलनबाट एउटा ठुलो परमाणु बन्ने क्रियालाइ बुझिन्छ। प्राकुतिक रुपमानै भेटिने न्युक्लियर फ्युजनको राम्रो उदाहरण पृथ्विमा जिवनको अस्तित्व बचाइराख्ने सुर्य लाइ लिन सकिन्छ । सुर्य लगायतका अरु तारामा पनि न्युक्लियर फ्युजनले नै उर्जा पैदा हुन्छ।
फ्युजन बम लाइ हाइड्रोजन बमको नामले पनि चिनिन्छ। फिसन बम भन्दा शक्तिशालि मानिने यो प्रकारको बम बनाउन र प्रयोग गर्न एकदमै चुनौनिपुर्ण हुन्छ। अहिले सम्म अमेरिका, रसिया, फ्रान्स, चिन र भारतले यस्तो बम सफलतापुर्बक परिक्षण गर्न सकेका छन्।

नापलम बम ( Napalm Bomb)
पेट्रोलियम जेलीबाट बन्ने यस्तो बम अमेरिकाले भियतनामको युद्धमा मुख्यतः आगो लगाउने हेतुले प्रयोग गरेको थियो। त्यो बेला यो जस्तै बम अरु प्रकारमा बम पनि थिए र यस्तो जेलीलाइ हटाउन सजिलो भएको भन्दै पछि गम जस्तो टासिने बस्तु मिसाइएको थियो। जसले गर्दा यो बम अझ बढि शक्तिशालि भएको थियो ।
तर अझै पानीले यो बमको प्रभाब कम हुने हुदा यसमा म्यागनेसियम पनि मिसाइएको थियो तबकि पानि पनि यसमा कुनै प्रभाव गर्न नसक्ने भएको थियो। अझ भएन भनेर लिड (lead) पनि पछि यो बममा मिसाइयो विशालु बनाउनको लागि।
नापलम बम पड्किदा 1200 सेल्सियस सम्म तापक्रम पुग्छ।