आईसीसी एकेडेमी दुबई रंगशालामा भएको एकदीवसीय श्रृंखलामा नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्। उनले यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका हुन्।

उनले सात चौकाको मद्दतमा ५५ रन जोडेका हुन् । रोहितले यूएईविरुद्ध ५८ बलमा ५५ रन जोड्दा २७ वर्ष पुरानो रेकर्ड तोडिएको हो।

यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए। उनले १६ वर्ष चार महिना २४ दिन यानिकी १४४ दिनमा अर्धशतक प्रहार गरेका छन ।

२४३ रनको चुनौती पछ्याएको युएईले ९७ रन मात्र बनायो । युएईले १९.३ ओभरमा सबै विकेट गुमाएको हो । नेपालको लागि सोमपाल कामीले सर्बाधिक पाँच र सन्दीप लामिछानेले चार विकेट लिए। खेलको कामी म्यान आफ दि म्याच नेपालका सोमपाल भए ।