बारा- शनिबार बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको छ भने सिडियो सहित ४ जना घाईते भएका छन । घाईते मध्ये सिडिओ गम्भीर घाइते भएका छन् ।

सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा भएको हो।

सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो।
 
गाडी सडकबाट १० मिटर तल खसेको छ। गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।