युएई बिरुद्ध नेपालको शानदार जित, एक नयाँ रेकर्ड समेत बन्यो

युएई बिरुद्ध नेपालको शानदार जित, एक नयाँ रेकर्ड समेत बन्यो

इ-परेवा

@Eparewa

२०७५ माघ १३ गते आईतबार ०३:२८

काठमाडौं :आईसीसी एकेडेमी दुबई रंगशालामा भएको एकदीवसीय श्रृंखला अन्तर्गत शनिबार भएकाे दाेस्राे खेलमा यूएईविरुद्ध जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गर्‍यो । पूरै ५० ओभर खेल्दै नेपालले...

काठमाडौं :आईसीसी एकेडेमी दुबई रंगशालामा भएको एकदीवसीय श्रृंखला अन्तर्गत शनिबार भएकाे दाेस्राे खेलमा यूएईविरुद्ध जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गर्‍यो । पूरै ५० ओभर खेल्दै नेपालले २४२ रन बनाएको थियो, नेपालले पुरै खेलमा ९ विकेट गुमाएको थियो ।

२४३ रनको चुनौती पछ्याएको युएईले ९७ रन मात्र बनायो । युएईले १९.३ ओभरमा सबै विकेट गुमाएको हो । नेपालको लागि सोमपाल कामीले सर्बाधिक पाँच र सन्दीप लामिछानेले चार विकेट लिए। खेलको कामी म्यान आफ दि म्याच नेपालका सोमपाल भए ।  

खेलमा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको रेकर्ड बन्यो । नेपाली क्रिकेटर रोहितकुमार पौडेलले कम उमेरमै अर्धशतक ब्याट्सम्यानको रेकर्ड बनाएका हुन । सात चौकाको मद्दतमा ५५ रन जोडेका हुन् । रोहितले यूएईविरुद्ध ५८ बलमा ५५ रन जोड्दा २७ वर्ष पुरानो रेकर्ड तोडिएको हो। उनले १६ वर्ष चार महिना २४ दिनमा अर्धशतक प्रहार गरेका हुन्।

प्रकाशित मिति २०७५ माघ १३ गते आईतबार ०३:२८
प्रतिक्रिया दिनुहोस