शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नेललाई ५ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । म्यानचेस्टरले इंग्लिस एफए कपको चौथो चरणको खेलमा ५-० गोलले जित निकालेको हो ।

पहिलो हाफमा १ र दोस्रो हाफमा चार गोल गरेपछि सिटीले ५–० को जित निकालेको हो । पहिलो हाफमा ग्याब्रियल जेससले सिटिका लागि गोल गरे । यस्तै दोस्रो हाफको ५२औं मिनेटमा बर्नार्डो सिल्भा, ६१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरे । ७३औं मिनेटमा केभिन लंगको आत्मघाती गोल गरे । पाँचौ गोलका लागि सर्जियो एग्युरोको पेनाल्टी रह्यो यससँगै सिटिले फराकिलो जित निकाल्यो ।

अन्य खेलहरुमा न्यूक्यासलको मैदानमा भएको खेलमा न्यूक्यासल युनाइटेड वाट्फोर्डसँग २–० ले पराजित भएको छ । यस्तै ब्राइटन र वेष्टब्रमबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।

प्रिमियर लिगको आठौं स्थानमा रहेको उल्भरह्याम्प्टन भने तेस्रो डिभिजनको १८औं स्थानमा रहेको श्रेसबरी टाउनसँग २–२ गोलको बराबरीमा रोकियो । श्रेसबरीको मैदानमा घरेलु टिमले लिएको दुई गोलको अग्रतामा अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि उल्भ्स जोगिएको थियो ।