मिठाइ भन्ने बित्तिकै तपाईं हामी जो कसैको मुख पनि रसायर आउँछ। बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा साथै बिभिन्न अखाध्या पदर्थ मिसावट गरेर बनाइने हुँदा घरमा केही समय खर्चेर आफुलाई आबश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ ।यहाँ सेल रोटी लगाएत तिहारमा प्रयोग हुने केही मिठाइका परीकारका विवरण र बनाउने तरिका छोटकारीमा पेश गरिएको छ ।


सेलरोटी सामाग्री :
चामलको पिठो १ केजी, चिनी २५०ग्राम,सोडा अथबा बेकिङ पाउडर आधा चम्चा,काजु १५० ग्राम,दुध आबश्यक्ता अनुसार,केरा २ कोसा, घिउ ५०० ग्राम तेल आबस्यकता अनुसार
बिधी :-चामललाई घटिमामा नि एस् घण्टा पानीमा भिजाएर राख्नुस र दुध हालेर ब्यालेण्डरमा केही खस्रो हुने गरी बल्यान्ण्ड गर्नुस,चिनी काजु,केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु बल्याण्ड गनुस र एक सोडा र मैदा हालेर एक रात छोड्दिनस। भोली पल्ट तातेको तलमा बाँकी घिउ हालेर सेल बनाउन थालनुस। सकेसम्म नरम सेल राम्रो मानिन्छ ।


फिनी/पत्रे रोटी सामाग्री:
१ केजी मैदा,५० ग्राम घिउ,२ कप पानी,आधा कप चिनी पाउडर,एक र आधा लिटर तेल( तार्नको लागि ) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो
बिधी:-मैदा घिउ हालेर बिस्तारै बिस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानु पर्छ र पिठो मुछीसकेपछी एक साइड लगाएर राख्ने । केही समय पछी पिठोको डल्लालाई ठीक्क ठीक्कको पेडा बनाएर मिलाउने र बाटर या घिउलाई एउटा कचौरामा हुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्र पत्र पार्न प्रयोग गरिन्छ ।पेडालाई राम्ररी बेलानाले बेल्ने र साठो लगाएर रोल गर्ने अने चक्कुले काटेर फेरी दोहर्याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरी दिने फिनी तयार हुन्छ र तातो तातो य धेरै दिन राखेर पनि खान सकिन्छ ।