इलाम – आइतबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ । आगलागीबाट १४ लाख बराबरको क्षति भएको जनाईएको छ । 

इलाम नगरपालिका–७, सुन्तलाबारीका मनबहादुर गुरुङको घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

पीडित गुरुङ्गको घरमा डेरा गरी बस्ने बिष्णुमाया लिम्बूको कोठामा रहेको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । त्यसबाट १० लाख रुपैयाँ नगदसहित सुन, चाँदी, भाडाकुँडा, लत्ता कपडा तथा अन्नपात लगायत जलेर नष्ट भएको हो ।  

स्थानीयवासी, प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।