काठमाडौं-करिब ६ बजेतिर नेपाल विद्यार्थी संघले राजधानीको कोटेश्वर भाटभटेनी नजिक मसाल जुलुस निकालेको छ। नेबिसंघका कार्यकर्ताले निकालिएको जुलुस प्रहरी आएपछि विद्यार्थी नेताहरु भागेका थिए।

भृकुटीमण्डपमा पनि नेविस‌ंघले प्रदर्शन गरेको छ। प्रदर्शन गर्ने १० विद्यार्थीलाई नियन्त्रमा लिएको नेविसंघका प्रवक्ता प्रेम जोशीले जानकारी दिए। नियन्त्रणमा लिएका सबैलाई प्रहरीले रिहा गरिसकेको उनले जनाए।