झापा – झापाको भद्रपुर नगरपालिका ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा काम गर्ने अन्दाजी ६५ वर्षका म्यानेजर कमल सिंंह दुगडको हत्या भएको छ । हात-खुट्टा बाँधेर, सिरानीले घाँटी थिचेर उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

भारतको विशाखापट्नमका उनी दुई वर्षदेखि त्यस सिमेन्ट उद्योगमा म्यानेजरको रुपमा कार्यरत थिए । प्रहरीले घट्नाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाएको छ र अनुसन्धान जारी छ ।