गाउलेले लखट्दा एक युवकको मृत्युु, ११ बर्षिया बालिका बलात्कारको आरोप

गाउलेले लखट्दा एक युवकको मृत्युु, ११ बर्षिया बालिका बलात्कारको आरोप

इ-परेवा

@Eparewa

२०७५ माघ १४ गते सोमबार १२:२५

मकवानपुर– बालिकामाथि यौन दुर्व्यवहार गरेको गाउलेले थाहा पाएर हल्ला गरेपछि भाग्दा भिरबाट खसेर एक युबकको मृत्यु भएको छ । भिरबाट खसी गम्भिर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो। मृतक पश्चिम मकवानपुरको राक्सीङ्ग...

मकवानपुर– बालिकामाथि यौन दुर्व्यवहार गरेको गाउलेले थाहा पाएर हल्ला गरेपछि भाग्दा भिरबाट खसेर एक युबकको मृत्यु भएको छ । भिरबाट खसी गम्भिर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

मृतक पश्चिम मकवानपुरको राक्सीङ्ग गाउँपालिका, वडा-५ घर भई मनहरी गाउँपालिका-७ बस्ने २२ बर्षीय सविन प्रजाको मृत्यु भएको हो।
माघ ८ गते घाइते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए।

उनका अनुसार मदिराको नसाको सुरमा प्रजाले घरमा अभिभावक नभएको मौका छोपी ११ बर्षिया बालिकामाथि दुर्व्यबहार गरिरहेको आरोप गाउँलेले लगाएका छन्। मृतक प्रजाका आफन्तले गाउँलेले लखेटेर भिरबाट लडाएको भनेर उजुरी प्रहरीमा दिएका छन् भने गाउँलेले चाहीँ दुर्व्यबहार गरेर भाग्दै गर्दा आफै लडेको उजुरी दिएका छन्।

प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार १२:२५
प्रतिक्रिया दिनुहोस