पूर्व युवराज पारस शाहलाई हृदयाघात, आइसीयुमा उपचार

पूर्व युवराज पारस शाहलाई हृदयाघात, आइसीयुमा उपचार

इ-परेवा

@Eparewa

२०७५ माघ १४ गते सोमबार ११:४२

पूर्व युवराज पारस शाहलाई हृदयाघात भएपछि सोमवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई यसअघि सन् २००७ र सन् २०१३ मा पनि हृदयाघात भइसकेको छ। शाहको हाल आइसीयुमा उपचार भइरहेको छ । सिंहले भने, "दिउँसो ४ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल...

पूर्व युवराज पारस शाहलाई हृदयाघात भएपछि सोमवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई यसअघि सन् २००७ र सन् २०१३ मा पनि हृदयाघात भइसकेको छ।

शाहको हाल आइसीयुमा उपचार भइरहेको छ । सिंहले भने, “दिउँसो ४ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल ल्याइएको हो। डाक्टरको रिपोर्ट आएको छैन।” उनको अवस्थाका बारेमा भने चिकित्सकको रिपोर्टपछि मात्रै भन्न सकिने सिंहले बताए।

अस्पतालमा शाहका तीन बहिनीहरू उपस्थित भइसकेका छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह हाल काठमान्डू बाहिर छन्।

प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार ११:४२
प्रतिक्रिया दिनुहोस