गर्भावस्थाका मुख्य लक्षणहरु
समयमा महिनावारी नहुने थकाइ लाग्ने वा जिउ गल्नेशरीरमा ज्वरो आएजस्तो लाग्नेकुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्नेबारम्बार पिसाव लाग्नेस्तन गानिएर आउने, ठूलो हुनेढाड (तल्लो भाग ) दुख्नेगर्भ रहेपछि हल्का रक्तश्राव हुनेटाउको दुख्नेदिक्क लाग्ने वा तनाव हुनेबिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरुपहिलो १२ हप्ताखाना अमन हुने,वाकवाकी लाग्ने,स्तन दुख्ने तथा भारी हुने
१३– २८ हप्तावाकवाकी लाग्न हराउनेछालाको रङ परिवर्तन हुनेमुखमा चायाँ, पोतो आउनेपेट बढेको देखिनेपेटमा बच्चा चलेको थाहा पाउन सुरु हुनेपहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।


२८ देखि ४० हप्तापाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जानेबढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्नेढाड दुख्नेआठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्नेनवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुनेगर्भावस्थाका असाधारण लक्षणहरुज्वरो आउनेयोनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्नेपिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुनेपखाला लाग्ने, निरन्तर वान्ता हुनेपोट दुख्नेटाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुनेअत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने पैताला,हत्केला र शरीर चिलाउने


प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरुसफा रहने र सधै नुहाउनेपौष्टिक खाना खानेहलुका, खुकुलो र आरामदायी कपडा लगाउनेठूलो हिल भएको जुत्ताचप्पल नलगाउनेतनावयुक्त काम नगर्नेआराम गर्नेचिल्लो, पिरो,अमिलो आदि नखाने९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्नेराति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिनेकब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउनेजाँड, रक्सी तथा चुरोट नपिउनेविशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्नेमोटरसाइकल÷स्कुटर नचलाउनेशारीरिक सम्र्पक नराख्नेचिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्नेटिटानस सुई लगाउन
गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।