काठमाडौं – सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुकको रुपमा फिल्मको एकसाथ तीन पोष्टर सार्वजनिक गरेको हो ।

फष्टलुकमा अभिनेता सलिनमान बानिया र मालिका महतले प्रथामिकता पाएका छन् । केही पोष्टरमा फिल्मका सम्पूर्ण कलाकारको लुक्स पनि देख्न सकिन्छ । 

सलिनमान र मालिकाको अलवा फिल्ममा सलोन बस्नेत , जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।