काठमाडौँ: सरकारले २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ। कार्यक्षेत्रमा खटिएका दाैरान ज्यान गुमाउने २ हजार ८०७ सुरक्षाकर्मीलाई सरकारले ‘शहीद’ घोषणा गरेको हो ।


सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा निर्णय गरेका हो। सरकारले शहीद घोषणा गरेका सुरक्षाकर्मीमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट रहेका छन्। १ हजार ४४८ नेपाल प्रहरी, १ हजार १८ नेपाली सेना र ३१८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन्।

१८ ‍औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निर्णयबारे सुनाएका थिए। त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई प्रविधि तथा भौतिक रुपमा सुधार गर्दै लाने बताए।

यसअघि गत सालकाे माघमा मन्त्रीपरिषद बैठकबाटै पनि तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र सरकारी शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेकाे थियाे ।