बोलिभियामा भेटिएको रोमियो नामक सो भ्यागुतोलाई १० वर्ष एउटा अक्वेरियममा एक्लै राखिएको थियो। उसलाई संसारको सबैभन्दा एक्लो भ्यागुतो मानिएको थियो।
वैज्ञानिकहरूले बोलिभियाको दुर्गम जङ्गलको यात्रा गर्दा उसका लागि सोही प्रजातिकी पोथी भ्यागुतो फेला पारे। उसको नाम जुलियट राखिएको छ।

ती दुर्लभ भ्यागुताको प्रजनन गराउने र पुन: प्राकृतिक वासस्थानमा छोड्ने उद्देश्य राखेर उनीहरूले एउटा खोलाबाट पाँचवटा ‘सेह्वन्कास वाटर फ्रग’ समाते।
टेरेसा कामाचो बाडानी कोचाबाम्बा सिटीस्थित प्राकृतिक सङ्ग्रहालयसँग आबद्ध छिन्। उनले सो टोलीको नेतृत्व गरेकी थिइन्।

भाले र पोथी भ्यागुताहरू पनि एकअर्काप्रति आकर्षित हुने उनको विश्वास छ।

बीबीसीसँग कुराकानी गर्दै उनी भन्छिन्, ” रोमियो शान्त स्वाभावको छ र खासै हिँडडुल गर्दैन।”
“ऊ स्वस्थ छ र खान मन पराउँछ। तर ऊ अलि लज्जालु र ढिलो छ।”
तर जुलियटको स्वभाव रोमियोको भन्दा भिन्न छ।
“ऊ फुर्तिली छे र धेरै पौ

बिबिसी