रौतहट-रौतहट चन्द्रपुर नगरपालिका-१० स्थित डुमरीया चोकमा एक युवालाई लागुऔषध सहित पक्राउ परेका छन । ग.१ ख ६१२६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार युवालाई पक्राउ गरेको हो ।

काठमाडौं डेरा गरी बस्ने गोरखा घ्याम्पेसाल घर भएका दिनेश विकलाई नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय १० एम्पुल, स्पास्मो प्रोक्सिभन २४ एम्पुल, डाईजेल्याप ७ एम्पुल, नोरफिन ७ एम्पुल, फेनारगन ७ एम्पुल र एभिल ५ एम्पुल सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।