काठमाडौं-धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको छ। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र महानगरपालिकाका प्रमुख रेणु दाहालबीच काठमाडौंको राष्ट्रिय सभागृहमा रंगशाला बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो।

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।