१४ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमायो ५ खेलाडीले दोहोरो अ‌ंक जोड्न सकेनन

१४ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमायो ५ खेलाडीले दोहोरो अ‌ंक जोड्न सकेनन

इ-परेवा

@Eparewa

२०७५ माघ १७ गते बिहिबार १२:०८

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले छैटौ विकेट गुमाएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले छैटौ विकेट गुमाएको हो । नेपालका प्रदीप ऐरी पहिलो बल, करण केसी, रोहित कुमार...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले छैटौ विकेट गुमाएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले छैटौ विकेट गुमाएको हो ।


नेपालका प्रदीप ऐरी पहिलो बल, करण केसी, रोहित कुमार र दीपेन्द्रसिंह ऐरी चार/चार रनमा आउट भए । ज्ञानेन्द्र मल्ल आउट सात रन बनाएर आउट हुदा कप्तान पारस खड्का २५ रनमा आउट भए । १४ ओभरको समाप्तिमा नेपालको स्कोर छैटौ विकेटको क्षतिमा ८९ रन भएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पुरै २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन, मोहम्मद उस्मान ३०, सीपी रिज्वान २२ रन, मोहम्मद बुता २० रन जोडेका थिए । यस्तै सुल्तान अहमद ६ रन, घुलाम शब्बेर ८ र अष्फाक अहमद २ रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने १ रनमा आउट भएका थिए ।


नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट लिए ।

प्रकाशित मिति २०७५ माघ १७ गते बिहिबार १२:०८
प्रतिक्रिया दिनुहोस