नेपाल यूएईसँग २१ रनले पराजित, सन्दीप जोराले गरे अर्धशतक पूरा

नेपाल यूएईसँग २१ रनले पराजित, सन्दीप जोराले गरे अर्धशतक पूरा

इ-परेवा

@Eparewa

२०७५ माघ १७ गते बिहिबार १२:१८

टीट्‍वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।  बिहीबार भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो ।  नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका...

टीट्‍वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।  बिहीबार भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो । 


नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका सन्दीपले टी–२०मा अर्धशतक बनाउन सफल भए । नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् ।

टीट्‍वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा सन्दीप जोरले नेपालका लागि सर्वाधिक ५३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएका हुन् ।  

घरेलु फ्रेन्चाईज टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यूएईविरुद्धको एक दिवसीय क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका थिए ।



प्रकाशित मिति २०७५ माघ १७ गते बिहिबार १२:१८
प्रतिक्रिया दिनुहोस